माओवादीद्धारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । जेठ २३, नेकपा माओवादी केन्द्रद्धारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ ।
पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् ।
आज बसेको प्रदेश कमिटी बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिएर एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिनुभयो ।
अब कांग्रेसका २९, माओवादीको १३, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षमा आउने भएका छन् । अल्पमतमा परेपछि हिक्मत कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।