कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

सहयात्रा टिभी

मान्म । जेठ २८, कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गएराति लु१च ८४९८ नम्बरको जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । ‘घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन्,’ प्रहरी प्रमुख रिमालले भने, ‘जिपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन ।’

प्रकाशित : 11 June, 2023

प्रतिक्रिया दिनुहोस्