आजदेखि मौसम बदली बढ्ने, गर्मीबाट मिल्नेछ राहत

काठमाडौं । जेठ २८, केही दिनदेखि अत्यधिक रुपमा बढेको गर्मी अब विस्तारै घट्दै जाने र राहत मिल्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले मौसम बदली तथा वर्षा हुने क्रम बढ्ने भएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।