शरणार्थी प्रकरणमा आज खाँणतर्फको थुनछेक बहस

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३०, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि थुनछेक बहस जारी रहेको छ ।

आज पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट थुनछेक बहस हुँदैछ । खाणका कानुन व्यवसायीले आज उनको तर्फबाट बहस गर्नेछन् ।

खाणको पक्षमा बहसका लागि नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन् ।

हिजो गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भएको थियो । अब खाँणसहित ६ जनाको बहस बाँकी छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले अभियुक्तहरूका तर्फबाट थुनछेक बहसका लागि दिएको समय आज सकिँदैछ ।

प्रतिवादी पक्षको बहस सकिएपछि सरकारी पक्षको जबाफी बहस हुनेछ । त्यसपछि थुनछेकको आदेश आउने छ । तर प्रतिवादीतर्फ अझै ६ जनाको बहस बाँकी रहेकाले केही समय थप हुने सम्भावना रहेको छ ।

प्रकाशित : 13 June, 2023

प्रतिक्रिया दिनुहोस्