निर्वाचन आयुक्त नै चुनाव अनुगमनमा

सहयात्रा टिभी

काठमाण्डौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मर्यादित भए–नभएको अनुगमन गर्न निर्वाचन आयुक्तहरु नै स्थलगत निरीक्षणमा निस्किने भएका छन् । निर्वाचन अनुगमनका लागि आयुक्तहरुको समेत प्रदेश तोकिएको छ ।

निर्वाचन आयोगले चुनावी अनुगमनका लागि आयुक्तहरुलाई तोकिएको प्रदेशको जिम्मेवारी दिएको हो। प्रमुख निर्वाचन आयुक्त भने कुनै पनि प्रदेशमा जान सक्ने छन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सबै आयुक्तहरुको प्रदेश तोकिएको जानकारी दिएका छन् । आयोगका अनुसार प्रदेश १ मा आयुक्त नरेन्द्र दाहाल जानेछन् । यस्तै, प्रदेश २ र ३ मा आयुक्त इला शर्माको टोली परिचालन हुनेछ ।

आयुक्त ईश्वरीप्रसाद पौड्यालले प्रदेश ४ र ५ को जिम्मेवारी पाएका छन ्। आयुक्त सुधीरकुमार शाहले प्रदेश ६ र ७ मा अनुगमन गर्नेछन् । निर्वाचन प्रक्रियाको अनुगमनका लाति आयुक्तहरु नै प्रदेशगत रुपमा चुनावी मैदानमा खटिन लागेका हुन् । आयोगले निर्वाचन पर्यवेक्षणका लागि स्वदेशी र विदेशी गरी ५६ संस्थालाई पनि अनुमति प्रदान गरेको छ ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्