सुन चाँदीको मूल्य बृद्धि
सहयात्रा टिभी
काठमाडौं । जेठ ३०, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बृद्धि भएको जनाएको छ ।
आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको छ ।
सोमबार छापावल सुन एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदी १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।