‘अब उत्तर कोरियाको दादागिरी चल्दैन’

सहयात्रा टिभी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब उत्तर कोरियाको आणविक दादागिरी धेरै समय नचल्ने बताएका छन् । एक अमेरिकी टेलिभिजन सम्बोधनमा ट्रम्पले आफ्नो एसिया भ्रमणबाट उत्तर कोरियाका विरुद्धमा जनमत निर्माण गर्न सघाऊ पुगेको दावी गरेका छन् ।

उनले भने–‘मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब परेको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन ।’ आफ्नो २५ मिनेट लामो टेलिभिजन सम्बोधनका क्रममा उनले उत्तर कोरियाको विरोधमा आफ्नो भ्रमणको अनुभव पनि सुनाएका थिए ।

उनी एसियाका पाँच देश दक्षिण कोरिया, जापान, चीन, भियतनाम र फिलिपिन्सको भ्रमणमा गएका थिए । सम्बोधनमा भने जस्तै उनको एसिया भ्रमणमा उत्तर कोरिया नै प्रमुख विषय बनेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमलाई उनले विभिन्न देशमा बोल्ने क्रममा निकै आलोचना गरेका थिए ।  विश्वले शान्ति र समृद्धि खोजिरहेको बेला उत्तर कोरियाले भने आणविक क्षेप्यास्त्रको होडबाजी चलाएको भन्दै उत्तर कोरियाली शासकलाई क्रुर र तानाशाहको संज्ञा पनि उनले दिएका थिए ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्