Author: sahayatra

  • कांग्रेस १५ औं महाधिवेशनको लोगो र नारा फेसबुकमार्फत सार्वजनिक

    कांग्रेस १५ औं महाधिवेशनको लोगो र नारा फेसबुकमार्फत सार्वजनिक

    काठमाडौँ । असोज ८, नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार फेसबुकमार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो ।

     

    कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ ।

    कांग्रेसले १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ । महाधिवेशनअन्तर्गत १० असोजमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दैछ ।

     

     

     

  • पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउने निर्णय

    पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउने निर्णय

    काठमाडौँ । असोज ८, एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ ।

     

    पार्टी सचिवालयको आजको बैठकले भण्डारीले वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । जारी केन्द्रीय कमिटीको बैठकले उनको नाम अनुमोदन गर्ने छ ।

    एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो ।

    त्यो अघि एमालेले राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो ।

    सात वर्ष भन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुनस् पार्टी राजनीतिमै आउन चाहेकी थिइन् । तर पार्टीभित्रको शक्ति सन्तुलनमा उनको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले उनको पुनस् राजनीतिक सक्रियतालाई रोकेका थिए ।

    पार्टीभित्रको सन्तुलनमा पुनस् बिग्रिएपछि अध्यक्ष ओली भण्डारीलाई पार्टीमा सक्रिय हुने बाटो खोल्न तयार भएका हुन् ।

    भण्डारीले गत ११ औं महाधिवेशन अघि नै पार्टीमा सक्रिय भएर नेतृत्वमा आउने योजना बनाएकी थिइन् । तर सदस्यता नै नभएपछि भण्डारी सक्रिय हुन पाइनन् । अब अहिले एमालेले गर्ने निर्णयले उनलाई पार्टीमा सक्रिय हुन सहज बनाएको छ । भण्डारी यसअघि एमालेको उपाध्यक्ष भइसकेकी व्यक्ति हुन् ।

     

  • ताप्लेजुङको दोभान बजारमा भीषण आगलागीबाट करिब १० घर जले

    ताप्लेजुङको दोभान बजारमा भीषण आगलागीबाट करिब १० घर जले

    काठमाडौँ । असोज ८, ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ दोभान बजारमा भीषण आगलागी भएको छ।

    आगलागीबाट करिब १० वटा घर जलेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    आगलागी नियन्त्रणका लागि स्थानीय प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं १ कञ्चनजंघा गुल्मबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

    त्यहाँ करिब ५० घरधूरीसहितको बाक्लो बस्ती छ। आगो कसरी लाग्यो भन्ने नखुलिसकेको पनि डीएसपी थापाले बताए।

    अहिले आगो निभाउने प्रयास भइरहेको छ। यसकै लागि नेपाली सेनाका २ वटा दमकल पनि पुगेको छ।

     

  • एडीबीले नेपालको तीन राजमार्ग विस्तार र सुधार गर्न ४७ अर्ब दिँदै

    एडीबीले नेपालको तीन राजमार्ग विस्तार र सुधार गर्न ४७ अर्ब दिँदै

    काठमाडौँ । असोज ४, एसियाली विकास बैंक (एडीबी)ले नेपालको तीनवटा राजमार्गको विस्तार र सुधारका लागि करिब ४७ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ।

    दुईवटाको विस्तार र अर्को एक राजमार्गको सडक सुरक्षाका लागि साढे ३० करोड अमेरिकी डलर (करिब ४६ अर्ब ७० करोड रुपैयाँ) उपलब्ध गराउने भएको हो।

    उक्त रकममध्ये २८ करोड ५० लाख अमेरिकी डलर ऋण हुनेछ भने बाँकी २ करोड अमेरिकी डलर अनुदानस्वरुप प्राप्त हुने सडक विभागले जनाएको छ।

    एडीबीले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–हेटौंडा सडक खण्ड र पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक खण्ड विस्तार तथा कर्णाली राजमार्गको सडक सुधारको लागि उक्त रकम दिन लागेको हो।

    जसमा २४ करोड ५० लाख डलर नारायणघाट–हेटौंडा सडक खण्ड र ३ करोड डलर मुग्लिङ–आँबुखैरेनी सडक खण्ड विस्तारमा खर्च गरिनेछ भने बाँकी १ करोड डलर कर्णाली राजमार्ग सुधारका लागि उपयोग हुनेछ।

    ऋण र अनुदान रकमको सम्बन्धमा नेपाल सरकार र एडीबीबीच वार्ता भइसकेको सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए। अर्थ मन्त्रालय र एडीबीबीच ऋणसम्बन्धी सम्झौता आगामी नोभेम्बरमा हुने कार्यतालिका छ।

     

  • वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी

    वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी

    काठमाडौँ । असोज ४, वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ। हरेक वर्ष हुने यस जात्राका लागि रथ निर्माण, सरसफाइ लगायतका काम भइरहेको छ ।

    दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने र रातो ध्वजा फेर्ने काम पनि भइरहेको छ।

    खास गरी नेवारी समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाउने गरिन्छ।

    यस जात्रामा लिंगो ठड्याइन्छ। यसरी ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ।

    शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

    इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ।

    इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

    इन्द्रध्वजाको लिंगो ठड्याएको आठौं दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने, लडाउने गरिन्छ।

     

  • भोटेकोशी बाढीमा परेका एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीमा परेका एक हजार ४३६ शव भेटिए

    काठमाडौँ । असोज ४, भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ ।

    नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् ।

    फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

    शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । पहिचान नभएको एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।