Category: Banner Video

  • उम्मेदवार चयनमा सहमति खोज्दै नेपाली कांग्रेस : देउवा र कोइराला पक्षबीच ‘गोप्य’ छलफल

    उम्मेदवार चयनमा सहमति खोज्दै नेपाली कांग्रेस : देउवा र कोइराला पक्षबीच ‘गोप्य’ छलफल

    काठमाडौं । माघ ५, नेपाली कांग्रेसभित्र आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा सहमतिको प्रयास तीव्र पारिएको छ। पार्टीका संस्थापन (शेरबहादुर देउवा) र इतर (शेखर कोइराला) पक्षबीच काठमाडौंको महाराजगन्जमा सामूहिक छलफल जारी रहेको छ।

    पार्टीभित्रको आन्तरिक कलह र गुटगत विवादलाई किनारा लगाउँदै साझा उम्मेदवार तय गर्न दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन्। बैठक देउवा निवास बाहिर अर्कै स्थानमा बसिरहेको र यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

    बैठकमा सहभागी एक सहमहामन्त्रीका अनुसार निर्वाचन जित्न सक्ने प्रभावशाली व्यक्तिलाई मात्र उम्मेदवार बनाउने गरी मापदण्ड बनाइँदै छ। “कहाँबाट कसलाई उठाउँदा चुनाव सुनिश्चित हुन्छ, त्यसैका आधारमा छलफल केन्द्रित छ,” ती नेताले भने, “हामी आजै नामहरू टुङ्ग्याएर भोलि मनोनयन दर्ता गर्ने तयारीमा छौँ।”

    नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद यतिबेला सर्वोच्च अदालतमा विचाराधीन छ। यस परिस्थितिमा दुवै पक्षले अदालतको फैसलालाई शिरोधार्य गर्ने समझदारी गरेका छन्। “लोकतान्त्रिक पार्टी भएकाले अदालतको आदेशलाई चुनौती दिने प्रश्नै उठ्दैन, जे फैसला आउँछ हामी सबैले स्वीकार गर्छौं,” बैठकमा सहभागी अर्का एक पदाधिकारीले स्पष्ट पारे।

    भोलि (मंगलबार) उम्मेदवारी दर्ता गर्ने अन्तिम समय रहेकाले आजै नामावलीमा सहमति जुटाउन नेताहरूमाथि दबाब बढेको छ। महाराजगन्जको यो बैठकले सम्भवतः आज साँझसम्म उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

  • रास्वपा केन्द्रीय समितिमा समीक्षा र रञ्जुसहित ७ जना मनोनीत

    रास्वपा केन्द्रीय समितिमा समीक्षा र रञ्जुसहित ७ जना मनोनीत

    काठमाडौं । पुस २०, राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा ७ जना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ ।

    आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहेका छन् ।

    उनीहरू विवेकशील साझा पार्टी छाडेर गत मंसिर १४ गते रास्वपा प्रवेश गरेका थिए । बास्कोटा विवेकशील साझा पार्टीको अध्यक्ष थिइन् भने दर्शना महासचिव थिइन् । उनीहरू निशर्त रास्वपामा प्रवेश गरेका थिए ।

    १३ वर्षअघि अभियानबाट सुरु भई दल बनेको विवेकशील साझा र ४० महिना अघि जन्मिएको रास्वपाबीच एकता भएको थियो ।

    २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो ।

    २०७० सालमा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा सुरु गरेको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

     

  • CSCEC को कार्य प्रगति : सहयात्रा मा आज सोमवार ५:३० वजे नेपाल टेलिभिजनवाट प्रसारण हुदै(भिडियो सहित)

    CSCEC को कार्य प्रगति : सहयात्रा मा आज सोमवार ५:३० वजे नेपाल टेलिभिजनवाट प्रसारण हुदै(भिडियो सहित)

    नवलपुर । पुस ११, कोरोना महामारी, निर्माण सामग्रीको अभावलगायत विभिन्न कारणले गति लिन नसकेको बुटवल–नारायणगढ सडक निर्माणको कामले तीव्रता पाएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सबै प्राविधिक तथा जनशक्तिलाई काम अगाडि बढाउन निर्देशन दिएसँगै कामले तीव्रता पाएको हो । सुरुमा ४२ महिना सम्झौता अवधि रहेको सडकमा रुख कटान गर्न निर्धारित परिमाणभन्दा बढी रुख काट्नुपर्ने र त्यसको अनुमति लिन समय लाग्दा सुरुको दुई वर्ष केही कार्य गर्न नसकेको निर्माण कम्पनीको गुनासो छ । यो सडक विस्तारका लागि २०७५ माघमा सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्नु पर्नेमा गत साउन २३ गते थप एक वर्ष आयोजनाको म्याद थपिएको थियो ।

    यसैबीच, बुटवल–नारायणगढ सडक खण्ड निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले स्थानीयबासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । गत मंसिर २८ र २९ गते तथा पुस १ र ३ गते गरी चार दिन स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

    यस संग सम्वन्धित विस्तृतमा समेटिएको जानकारीमुलक रिपोर्ट चन्दा प्रोडक्सनद्धारा निर्मित कार्यक्रम सहयात्रा मार्फत आज सोमवार सांझ ५ः३० वजे र मंगलवार विहान १०ः३० वजे नेपाल टेलिभिजनवाट प्रसारण हुनेछ । (भिडियो सहित)

     

     

  • डा. युवराज संग्रौला संग गरिएको कुराकानी जस्ताको त्यस्तै : अन्तर्वार्ता

    डा. युवराज संग्रौला संग गरिएको कुराकानी जस्ताको त्यस्तै : अन्तर्वार्ता

    काठमाडौं। चैत २३, डा. युवराज संग्रौला संग गरिएको कुराकानी जस्ताको त्यस्तै –

     

     

     

     

     

  • ओम अस्पताल छाड्नुको खुलासासहितको स्वास्थ्य पैरवी सम्वादमा : डा. भोला रिजाल

    ओम अस्पताल छाड्नुको खुलासासहितको स्वास्थ्य पैरवी सम्वादमा : डा. भोला रिजाल

    ओम अस्पताल छाड्नुको खुलासासहितको स्वास्थ्य क्षेत्रमा केन्द्रित रहि डा. भोला रिजाल संग गरिएको स्वास्थ्य पैरवी सम्वाद हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।