केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जहाज खरिद गर्न सरकार जमानत बस्ने ः मन्त्रिपरिषद

सहयात्रा टिभी

बैशाख ७, २०७४ । मन्त्रिपरिषदको बैठकले नेपाल वायु सेवा निगमको दुई वाइडबडी जहाज खरिदका लागि जमानत बस्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले एयरबस खरिदमा जमानत बस्ने निर्णय गरेको उर्जामन्त्री जनार्दशन शर्माले जानकारी दिनुभयो । विमान खरिदका लागि नेपाल एयरलाइन्स र अमेरिकन लिजिङ कम्पनी (एएआर) कर्पोरेसनबीच खरिद सम्झौता भइसकेको छ । यस्तै, बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमण पनि अनुमोदन गरेको छ । बैठकले सिन्धुलीको दुम्जामा विपी कोइराला तथा रामेछापमा पुष्पलाल श्रेष्ठको नामबाट पार्क निर्माणका लागि ५० र ५० लाख रुपैया“ दिने निर्णय गरेको छ । बैठकले युरोपियन युनियनलाई जग्गा खरिदको अनुमति दिएको छ । नेपाली सेनाका प्रमुख सेनानी गौरव केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय बैठकले गरेको छ ।।।

प्रकाशित : 20 April, 2017

प्रतिक्रिया दिनुहोस्