३ कारोबार दिनपछि नेप्से ३. ६२ अंक बढ्यो
सहयात्रा टिभी
काठमाडौं । मंसिर ३, बिहीबार सेयर बजार सामान्य अंकमा बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ३. ६२ अंक बढेको छ ।

यो वृद्धिसँगै नेप्से २६२८ अंकमा कायम भएको छ । अघिल्लो दिन ११ अंकले बजार घटेको थियो । आज १३८ कम्पनीको मूल्य बढेको छ भने १३२ को घटेको छ ।
त्यस्तै कारोबार भएका १० कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ४ अर्ब १५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८७ करोडको भयो ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.२९ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.५४, फाइनान्स ०.३५, उत्पादन तथा प्रशोधन ०.६७ र व्यापार ०.२३ प्रतिशत बढे ।
बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ६.०० प्रतिशत बढ्यो । बोटलर्स नेपाल तराईको ५.६३, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.८१, मन्दाकिनी हाइड्रोपावरको ४.४६, बेस्ट फाइनान्सको ३.४४ प्रतिशत मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा आज एनआईसी एसिया बैंक, पिपुल्स हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सोल्टी होटल, साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माइ हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
