केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जेठको अन्तिम साता काठमाडौमा उद्यमशीलता सम्मेलन

सहयात्रा टिभी

बैशाख ११, २०७४ । जेठको अन्तिम साता काठमाडौमा उद्यमशीलता सम्वन्धि सम्मेलन हुने भएको छ । उद्योग मन्त्रालयले जेठ २५ र २६ गते उद्यमशीलता सम्मेलन गर्न लागेको हो । उद्यमशिलताको विकास गर्न अभियान कै रुपमा अघि बढाउन सम्मेलन गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिनुभयो । युवा वर्गलाई लक्षित सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो । सम्मेलनमा मुलुकभरका ७५ जिल्लाबाट तीन सय युवाहरुको सहभागिता रहने मन्त्रालयले जनाएको छ । मन्त्री जोशीले आर्थिक प्रगतीका लागी उद्यमशीलता अपरिहार्य रहेको भन्दै सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो । उद्यमशीलताको विकासमा संलग्न सबै सरोकारवालालाई एउटै मञ्चमा समेट्ने र राज्यको तर्फबाट उद्यमशीलता सम्बन्धी नीतिगत धारणामा स्पष्टता ल्याउन सम्मेलन सफल हुने मन्त्रालयको विश्वास छ ।

प्रकाशित : 24 April, 2017

प्रतिक्रिया दिनुहोस्