केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२८ गतेबाट मतदाता शिक्षा

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियाबारे मतदातालाइ पूर्ण जानकारी गराउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको आयोगले जनाएको छ । मतदातालाई निर्वाचन चिह्न र मतदान प्रक्रियाबारे जानकारी दिन ६ हजार ६ सय ४२ मतदान केन्द्रमा जानकारी गराइने छ । यसका लागि स्वयंसेवक परिचालन गरिनेछ । आगामी २८ गतेदेखी मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको निर्वाचन आयोगले सोही समयमा मतदातालाई निर्वाचन चिह्नबारे समेत जानकारी दिने भएको हो । मतदाता स्वयंसेवकले मतदाता परिचयपत्र लिन आउने मतदाताहरुलाई मतदान गर्ने तरिकाबारे पनि जानकारी गराउनेछन् ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्