केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावमा पर्यटकलाई सास्ती नहुने

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन बैशाख ३१ गते सार्वजनिक यातायातका साधन संचालनमा रोक लगाइएको छ । सरकारले निर्वाचनको दिन सार्वजनिक बिदा दिंदै सबैलाइ आ–आफनो घर नजिकैको मतदान केन्द्रमा मतदान गर्न अपिल गरेको छ । यस्तोबेला, अपराधिक गतिविधि हुनसक्ने भयका कारण सुरक्षा अवस्थालाइ ख्याल गर्दै यातायात संचालनमा रोक लगाइएको हो । यस्तोबेला पर्यटकलाइ सास्ती हुनसक्ने भन्दै नेपाल पर्यटन बोर्डले पर्यटकलाई सेवा दिने निर्णय गरेको छ । यसका लागि बोर्डले उपत्यकामा बस सेवा सञ्चालन गर्ने भएको छ । पर्यटकलाई आवागमनमा बाधा नपुगोस् भनेर बस सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । चुनावको दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म त्रिभुवन विमानस्थलदेखि काठमाडौं र ललितपुरका विभिन्न होटलसम्म ल्याउने पु¥याउने काम हुनेछ ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्