केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काभ्रेको मेथिनकोटमा निर्वाचन स्थगित

सहयात्रा टिभी

काभ्रे  । काभ्रेको नमोवुद्ध वडा नम्बर ४ को मेथिनकोटमा निर्वाचन स्थगित भएको छ । गएराती सशस्त्र प्रहरीले चलाएको गोली लागि स्थानिय युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको सो क्षेत्रमा अनिश्चितकालका लागी निर्वाचन स्थगित गरिएको हो । जनक उच्च माविको क र ख केन्द्रमा निर्वाचन स्थगित गर्नुपरेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले जानकारी दिनुभयो ।  मृतकका परिवारले राखेका ५ माग सम्बोधनका लागि गृहमन्त्रालयमा सम्पर्क गरिएको र ठोस निर्णय नभएसम्म निर्वाचन गर्न सक्ने अवस्था नभएको उहाँले बताउनुभयो । पिडितले मृतकलाइ शहिद घोषणा, दोषीलाइ कारबाही, न्यायिक छानबिन लगायतको माग गरेका छन् ।  शसस्त्र प्रहरीले चलाएको गोली लागेर गएराती नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको मृत्यु भएको थियो । । जनक उच्च माविमा क्याम्प खडा गरेर बसेका शसस्त्र प्रहरीले गस्तीका क्रममा गएराती गाउँमा गोली चलाएका थिए । सो स्थानमा हिजो दिउँसो शसस्त्रसँग स्थानीयको विवाद भएको बताइएको थियो  ।

प्रकाशित : 14 May, 2017

प्रतिक्रिया दिनुहोस्