कोलकत्ता विजयी, हैदरावाद ‘आउट’

सहयात्रा टिभी

भारत । भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । आइपिएलको इलिमिनेटरमा डकवर्थ लुइस नियमका आधारमा सनराइजर्स हैदराबादविरुद्ध कोलकाताले सात विकेटको जित निकालेको हो । १ सय २९ रनको लक्ष्यसहित मैदान ओर्लेको कोलकाताको इनिङ वर्षाले प्रभावित पा¥यो । त्यसपछि कोलकाताले डकवर्थ लुइस नियमका आधारमा ६ ओभरमा ४८ रनको नयां लक्ष्य पायो । ४८ रनको लक्ष्य कोलताकाले खेल सकिन चार बल अगावै तीन विकेट गुमाएर पूरा ग¥यो । उसका लागि कप्तान गौतम गम्भिरले अविजित ३२ रनको इनिङ खेले । १९ बल खेल्दै गम्भिरले दुई छक्का र दुई चौकाको मद्दतले ३२ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित बीस ओभरमा सात विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । उसका लागि कप्तान डेविड वार्नरले ३७ तथा केन विलियमसनले २४ रन बनाए । बलिङतर्फ कोलकाताका नाथन कोल्टर नाइलले तीन तथा उमेश यादवले दुई विकेट लिए । अब भोलि हुने दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ । खेलको विजेताले उपाधिका लागि राइजिङ पुने सुपर जायन्टसंग प्रतिस्पर्धा गर्नेछ ।।।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्