केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्मा पेस हुँदै

सहयात्रा टिभी

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम  व्यवस्थापिका संसद्मा पेस हुँदैछ ।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा पेस गर्दै हुनुहुन्छ  ।  चुनावी आचारसंहिताका कारण यो पटक बजेट र वार्षिक नीति कार्यक्रममा कुनै नयाँ विषय समेटिएका छैनन् । नयाँ कार्यक्रमभन्दा पुरानै कार्यक्रमको निरन्तरता र विस्तारमात्र गरी नीति तथा कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ । स्थानीय तहको संख्या थपको विरोधमा प्रमुख प्रतिपक्ष दलले सदनका अन्य कारवाहीमा अवरोध पु¥याए पनि नीति तथा कार्यक्रम र बजेट प्रस्तुतका लागि भने लचिलो देखिएको छ । सदन अवरुद्ध गर्ने एमालेको निर्णयमा कुनै पनि राजनीतिक सहमति हुन नसक्दा यो पटक प्रिबजेट छलफल हुन सकेन ।

प्रकाशित : 25 May, 2017

प्रतिक्रिया दिनुहोस्