सिरियामा युद्धबिराम गर्न अमेरिका र रुस सहमत

सहयात्रा टिभी

बैशाख २०, २०७४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनमा कुराकानी भएको छ । सिरियामा युद्ध विरामका लागि दबाब सिर्जना गर्न दुवै राष्ट्रपतिबीच कुराकानी भएको हो । सिरियामा अमेरिकाले गरेको पछिल्लो आक्रमणपछि पहिलो पटक दुई शक्ति राष्ट्र प्रमुखबीच भएको टेलिफोन वार्तामा सिरियामा युद्धबिरामका लागि पहल गर्ने सहमति भएको हो । ह्वाईट हाउस र क्रेमलिनले जारी गरेको वक्तब्यमा फलदायी कुराकानी भएको उल्लेख छ । दुई नेताबीच चाँडै भेटवार्ता पनि हुने विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्