केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असहाय २ जना बिद्यार्थीलाई ५० हजार सहयोग

सहयात्रा टिभी

बैशाख २०, २०७४ । लामो समयदेखि समाजिक सेवाका काममा सक्रिय रहँदै आएको ‘असहाय तथा जरुरत मानविय सहायता नेपाल ( एचडीएनपी) दुइ असाहय बिद्यार्थीलाई रु ५० हजार छात्राबृती प्रदान गरेको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच एचडीएनपीले बिद्यार्थी रमेश भट्टराई र सुदिप तामाङ्गलाई सहयोग प्रदान गरेको हो । कार्यक्रममा एचडीएनपी नेपालकी उपाध्यक्ष भगवति रोका ‘भूमिका’ ले असहायहरुको हीत र सहयोगका लागि आफनो संस्था सदैव क्रियाशिल रहने बताउनुभयो । उहाँले असहाय बालबालिकालाई सहयोग गर्न पाउँदा आफूहरुलाई सन्तुष्टि भएको धारणा राख्नुभयो । उहाँले असहाय बालबालिका एवम बिद्यार्थीलाई जो कोहीले संस्थामार्फत सहयोग गर्न सक्ने समेत बताउनुभयो ।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्