आठौ हारपछि गुजरात लिगबाटै बाहिर, दिल्लीको जित,

सहयात्रा टिभी

बैशाख २२, २०७४ । दिल्ली डेभरडेभिल्सलले आइपीएलको इतिहासमा दोस्रो ठूलो लक्ष्य पूरा गरेपछि गुजरात लायन्समाथि ७ विकेटको शानदार जित हासिल गरेको छ। १८ वर्षे रिसव पन्तले ९७ रन बनाएपछि २०९ रनको लक्ष्य दिल्लीले १७.३ ओभरमा मात्र ३ विकेटमा गुमाएर पुरा गरेको हो। सन् २००८ को पहिलो संस्करणमै राजस्थान रोएल्लसले डेक्कन चार्जर्स विरुद्ध २०१७ रनको लक्ष्य पूरा गरेको थियो। जितपछि १० खेलबाट ८ अंक झोडेको दिल्लीले प्लेअफ सम्भावना कायमै राखेको छ भने आठौ हारपछि गुजरात लिगबाटै बाहिरिने भएको छ। यसअघि नै बैंगलोर लिगबाट बाहिरिसकेको छ। घरेलु मैदान फिरोज शाह कोत्लामा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। दोस्रो ओभरमै ओपनरद्वय ब्रेण्ढन म्याकुलम र ड्वाने स्मिथलाई गुमाएको गुजरातको इनिङ्स कप्तान सुरेश रैना र विकेटिकवपर दिनेश कार्तिकले सम्हाले। तेस्रो विकेटका लागि यी दुईले १३३ रनको साझेदारी गरे। रैनाले ४३ बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ७७ रन बनाए भने ३४ बल खेलेकान कार्तिकले ५ चौका र ५ छक्काकोको मद्दतमा ६५ रन बनाए। यस्तै बरोन फिन्चले २७ रन बनाए भने रविन्द्र जडेजाले नआउट १८ रन जोडे। दिल्लीका खागिसो रबाडा र प्याट कमिङ्सले २-२ विकेट लिए।

जवाफमा २०८ रनको लक्ष्य पछ्याएको दिल्लीले तेस्रो ओभरमा कप्तान करुण नायर(१२) लाई गुमाएको थियो। तर विकेटकिपर समेत रहेका रिसव पन्त र अर्का ओपनर सन्ज सामसनले दोस्रो विकेटका लागि १४३ रनको साजेदारी गर्दै दिल्लीको जितको आधार खडा गरे।

शतक बनाउनबाट मात्र ३ रनले चुकेका रिसवले दिल्लीका लागि सर्वाधिक ९७ रन बनाए। उनले ४३ बल खेल्दै ६ चौका र ९ छक्का प्रहार गरेका थिए। ३१ बल खेलेका सामसनले ७ छक्काको मद्दतमा ६१ रन बनाए। यस्तै कोरे एण्डरसन १८ र श्रेयास अयेर १४ रनमा नटआउट रहे।

१८औं ओभरको तेस्रो बल गुजरातका जेम्स फउकनरले वाइड फालेपछि एण्डरसनले छक्का प्रहार गर्दै दिल्लीलाई जिताए।

गुजरातका बसिल थम्पी, रविन्द्र जडेजा र प्रदिप साङवानले १-१ विकेट लिए।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्