केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टरका चालकसहित सवै सकुशल

सहयात्रा टिभी

रसुवा । तीर्थयात्री लिएर प्रसिद्ध तीर्थस्थल गोसाइकुण्ड गएको हेलिकप्टर शनिवार रसुवामा दुर्घटनामा परेको छ । गोसाइँकुण्ड स्नानका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा सामान्य क्षति भएको छ ।
मनाङ एयरको नाइन एन ए एल डी कलसाइनको हेलिकप्टर गोसाइकुण्डमा अवतरणको क्रममा पछाडिको पुच्छर हेलिप्याडमा ठोक्किएर दुर्घटनामा परेको हो । हेलिकप्टरमा सवार चालकसहित सवै यात्रु सकुशल रहेका छन् ।
दुर्घटनामा परेको हेलिकप्टर गोसाइकुण्डको हेलिप्याडमामनै रहेको छ । गोसाइकुण्डमा हुस्सु लागेको र चिसो रहेको कारण पनि दुर्घटनापछि हेलिकप्टरमा आगजनी हुन नपाएको प्रहरीले जनाएको छ । काठमाडौबाट गोसाइँकुण्डमा स्नान गर्न गएका हेलिकप्टरमा चालक चालक प्रकाश सेढाइ सहित हेलिकप्टरमा सवार सवै ७ जना नै दुर्घटनाबाट जोगिएका छन् ।

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्