केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मकै खानुका फाइदै फाइदा

सहयात्रा टिभी

एजेन्सी । काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा मकै खान सुरु भैसक्यो । बारी र बजारमा मकै मज्जाले पाउन थालिसक्यो । मकै खानुका फाइदै फाइदा छन । मकैमा शरीरको पोषणका लागि आवश्यक सबै प्रकारको खनिज पाइन्छ । हेरौं केही फाइदा यस्ता छन ।
१. कोलेस्ट्रोल घटाउँछ

मकै बिहान, दिउँसो, बेलुका जतिबेला पनि खान सकिन्छ । शरीरको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्न मकैको सेवन निकै लाभदायक हुन्छ । यसको सेवनबाट तौल घटाउन पनि मद्दत पुग्छ ।
२. क्यान्सरबाट बचाउँछः
मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वका कारण क्यान्सरजस्ता खतरनाक रोगको खतरा पनि कम हुन्छ ।स्तन र कलेजोको ट्युमरको आकारलाई पनि कम गर्नमा सहयोग गर्दछ ।
३. हड्डी बलियोः
मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । बाथ रोगको सम्भावना पनि कम गर्दछ ।
४. छाला चम्किलो
मकैका हुने भिटामिन ए र सीले छाला सुन्दर, मुलायम र चम्किलो बनाउँछ ।
५. आँखा तेजिलोे
मकैमा बिटा–क्यारोटिन र भिटामिन ए हुन्छ । यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ । रतन्धोलगायतका सम्भावना कम गर्दछ ।
६. ऊर्जावान् बनाउँछः
मकैमा कार्बोहाइड्रेट हुन्छ जसले शरीरलाई ऊर्जावान् राख्छ ।
७. पेटको समस्याबाट राहतः
मकैमा पाइने फाइबर्सले कब्जियतबाट राहत दिलाउँछ ।
८. रक्तअल्पत्ताको उपचारः
मकैमा आइरनको मात्रा भरपुर हुन्छ जसका कारण रक्तअल्पत्ताबाट जोगाउँछ ।

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्