केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेलम्ची खानेपानीको पाईप गाड्ने क्रममा तीन जनाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । काठमाडौको सितापाईलामा मेलम्ची खानेपानी आयोजनाको पाईप गाड्ने क्रममा तीन जनाको ज्यान गएको छ ।

पाईप गाड्न खाल्टोमा छिरेका उनीहरुलाई माटोको ढिस्कोले पुरेको  थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख डिएसपी कोमल शाहले ज्यान जानेमा  पर्वतका तेजबहादुर केसी, सप्तरीका श्यामसुन्दर राम र सन्तोष दास रहेको बताए ।

माटोको ढिस्कोले पुरेपछि प्रहरी घटनास्थलमा पुगेर शव झिकेको थियो ।

प्रकाशित : 14 June, 2017

प्रतिक्रिया दिनुहोस्