केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नवलपरासीमा खसेको मत भन्दा १६ मतपत्र बढि भेटियो, मतगणना स्थगित

सहयात्रा टिभी

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १२ मा मतगणना शुरु हुन नपाउदै मतगणना स्थगित भएको छ । निर्वाचनका वखत जम्मा खसेको मत २ हजार २ सय ९१ रहेकोमा २ हजार ३ सय ७ मतपत्र भेटिए पछि मतगणनाको काम स्थगन भएको छ । जम्मा खसेको मत भन्दा १६ वटा मतपत्र बढि भेटिएपछि बढि मतपत्र कसरी आयो भन्ने विषयमा दलहरु विच विवाद भएपछि हाललाई मतगणनाको क्रम रोकिएको छ ।

दलहरुले १८ गतेसम्म स्पष्ट जवाफ नआए अरु वडाको पनि मतगणना हुन नदिने दलका प्रतिनिधिहरुले बताएका छन ।

 

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्