केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजीनामा समेत नदिई मंगलवारदेखि सिंहदरवारवाट विदा भए मुख्यसचिव सुवेदी

सहयात्रा टिभी

काठमाडौं । नेपाल सरकारका बहालवाला मुख्य सचिव सोमलाल सुवेदी आफ्नो कार्यकाल छदै पदबाट राजीनामा समेत नदिई एसियाली विकास बैंक (एडीबी) मा कार्य गर्न फिलिपिन्सको मनिला जाने भएका छन् । सुवेदीले राजीनामा नदिई मंगलबार सिंहदरबारबाट विदा भएका हुन् । यसअघि मुख्य सचिव सुवेदीले साउन १ गते राजिनामा दिएर मात्रै जाने वताएका थिए । अव निमित्त मुख्यसचिवको जिम्मा केदारबहादुर अधिकारीलाई दिइएको छ ।

गत २०७२ साउन २० मा मुख्यसचिव भएका सुवेदीको कार्यकाल २०७५ सम्म थियो । नेपाल सरकारको बहालवाला मुख्यसचिवले राजीनामा समेत नदिई विदेशमा जागिर खान गएको यो नै नेपालको पहिलो इतिहास हो ।

अव मुख्य सचिवमा नियुक्त हुनेमा सचिव शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदी र राजेन्द्रकिशोर क्षेत्रीको नामा चर्चामा छ ।

प्रकाशित : 12 July, 2017

प्रतिक्रिया दिनुहोस्