केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्वमन्त्रीवाट हटेको ४३ दिन भईसक्यो तर पूर्व मन्त्रीले क्वार्टर भने छाडेनन्

सहयात्रा टिभी

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका एक पूर्वमन्त्रीले अर्को मन्त्रिमण्डल विस्तार भईसक्दा पनि सरकारी क्वार्टर छाडेका छैनन् ।
दाहाल नेतृत्वका अन्य मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री सरकारी क्वार्टर नछोडेका हुन् ।

गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि केहि मन्त्रीको टुंगो लागिसकेको छ भने अरु मन्त्रीहरुको टुंगो यहि वुधवारसम्म लाग्ने बताईरहेका वेला प्रचण्ड नेतृत्वका पूर्वमन्त्री देवले भने सरकारी क्वार्टर छाड्न मानिरहेका छैनन् । नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री मन्त्री क्वार्टरबाट आफ्नो सामान नसारेको स्रोतले बताएको छ । मन्त्रीबाट हटेको ४३ दिन बितिसक्दा समेत पूर्वपर्यटनमन्त्री देवले मन्त्री सरकारी क्वार्टर छाडेका छैनन् ।

 

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्