केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गत साताको सेयर कारोवारमा नेप्सेमा वृद्धि, कारोबारमा कमी

सहयात्रा टिभी

काठमाडौं । साप्तहिक रुपमा हेर्ने हो भने गएको साता सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भयो भने कारोबारमा सामान्य कमी आयो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ अंकले बढेर अन्तिम दिन १६ सय ६० अंक पुगेको थियो । होटल समूहमा सबैभन्दा उच्च १ सय ६२ अंकको वृद्धि आयो भने बिमा समूहमा १ सय ४१ अंकको गरावट आयो ।

गएकोे साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६७ कम्पनीहरुको ५ अर्ब २५ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर खरिद–बिक्री भए । गएको साता कारोबार रकमको आधारमा नेपाल ग्रामीण विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहे ।

प्रकाशित : 6 August, 2017

प्रतिक्रिया दिनुहोस्