विवाहित नव दम्पतीको विवाह भएको भोलिपल्टै मृत्यु

सहयात्रा टिभी
एजेन्सी । अमेरिकामा नवदम्पतीको दुर्घटनामा परि निधन भएको छ । विवाह भएको एक दिन बित्न नपाउँदै  एक दम्पतीको ज्यान गएको हो । उनिहरुको कान्सास राज्यको अदालतमा उनीहरुको विवाहको कानुनी प्रक्रिया पूरा भइ रि बेका र अस्टिन वेसनको श्रीमान–श्रीमती घोषित भएको भोलीपल्टै दुर्घटनामा ज्यान गएको हो ।  उनिहरुको शुक्रबार मात्रै विवाह भएको थियो, शनिवार नै दुर्घटनामा परि ज्यान गया ।
दुवैजना १९ वर्षका नव दम्पती चढेको पिकअप ट्रक शनिबार दुर्घटना भएको हो । अदातलमा गएर कानुनी रुपमा विवाह गरेका रिबेका र अस्टिनको औपचरिक विवाह समारोह भने आउँदो सेप्टेम्बरमा गर्ने तयारी भएको थियो । अहिले रिबेका र अस्टिनका परिवारले अन्तिम संस्कार समारोह संयुक्त रुपमा गर्ने तयारी गरेका छन् । अस्टिनको पुख्र्यौली घर दक्षिण अफ्रिका हो । रिबेका र अस्टिन दुवै विश्वविद्यालयको अध्ययन पूरा गर्नका लागि मिसिगन जाने तयारीमा थिए ।

प्रकाशित : 10 August, 2017

प्रतिक्रिया दिनुहोस्