बाढी र पहिरोमा परी ३० जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौ । झापा,मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके, सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको मृत्यु भएको छ । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।

गृहमन्त्री जनाद्र्धन शर्माका अनुसार हालसम्म बाढी र पहरोमा परी मोरङमा तीन जना, झापामा दुई जना,सुनसरीमा सात जना,पाँचथरमा तीन जना,बारामा एक जना,सर्लाहीमा एक जना,बाँकेमा तीन जना,सिन्धुलीमा चार जना,पाल्पामा एक जनासहित ३० जनाको निधन भएको हो । बाढी र डुवानका कारण संकटको अवस्थामा परेकाहरुको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

बाढीले नेपाल टेलीकमको सेवा एवं विद्युत सेवा समेत अबरुद्ध भएकाले सूचना संकलन र उद्धारमा कठिनाइ भएको छ । सडक पुरै बाढीले ढाकोका कारण उद्धारमा कठिनाई भएको ईलाका प्रहरी कार्यलयले जनाएको छ ।

प्रकाशित : 12 August, 2017

प्रतिक्रिया दिनुहोस्