केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइतबार र सोमवार पनि अविरल वर्षा हुने

सहयात्रा टिभी

काठमाडौं । आइतबार र सोमवार पनि भारी अविरल वर्षा हुने मौसमविदले बताएका छन् । विहिवारदेखि पानी पर्ने क्रम जारी रहेकाले देशका अधिकांश जिल्ला डुबानमा परेका छन् भने हजारौ सर्वसाधरणको विचल्ली भएको छ । उनिहरुको दैनिकी कष्टपूर्ण बनिरहेको छ । मनसुनी वर्षाको गतिविधि देशभर नै सक्रिय भइरहेकाले अझै वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेकाले नेपालमा मनसुनी गतिबिधि सक्रिय अवस्थामा छ । यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान बिभागको बाढी पूर्वानुमान शाखाले नदी तथा खोलाहरुको जलस्तर बढिरहेकाले सवैमा सतर्क रहन अपिल जारी गरेको छ । कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीहरुमा पानीको सतह बढेर खतराको साईरन बजिसकेकोे छ । पछिल्लो तथ्यांक अनुसार बाढीमा परेर ३० जनाको मृत्यु भइसकेको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित : 13 August, 2017

प्रतिक्रिया दिनुहोस्