केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिद्धारा समाजसेवी सविता उप्रेती सम्मानित

सहयात्रा टिभी

काठमान्डौ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित एक कार्यक्रममा समाजसेवी सबिता उप्रेती सम्मानित भएकी छन । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्या भन्डारीराष्ट्रपतिद्धारा समाजसेवी उप्रेतीलाई नगद रु १ लाख सहित मानव सेवा र शिक्षा बिधामा युवा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएकी हुन् । बिगत ८ बर्ष देखी बिशेष स्कुल तथा पुनस्थापना केन्द्रको स्थापना गरी एक जना अटिजम वच्चावाट शुरु गरि हाल ४५ जना अटिजम बालबालिकाको आमा बनेर सामाजिक दायित्व वहन गरिरहेकी उप्रेती नेपाली युवा पुस्ता, नेपाली महिला र नेपाली समाजको पहिचानको रुपमा उदाईरहेकी छन् । नेपालमा भविष्य नदेखेर विदेशीरहेका शिक्षित युवापुस्तालाई उप्रेति गतिलो उदाहरणको रुपमा आफूलाई उभ्याउन सफल भएकी छन् । आफ्नो स्वार्थभन्दा माथि उठेर अटिजम बालबालिकाको लागि गन्तव्य यात्रा बोकेर अगाडी बढिरहेकी एक युवा महिला समाजसेवी उप्रेति राष्ट्र प्रमुखद्धारा सम्मानित भएकी हुन् ।

सम्मानपछि उप्रेतीले कार्यक्रममा बोल्दै यो सम्मानले आफ्नो जिम्मेवारी थपिएको बताउदै देश बनाउने हामी युवाहरुले नै हो त्यसैले युवाहरुले आ आफ्नो ठाउमा जे काम गर्छौ इमान्दारिता र लगशिलताको साथ गरौ, त्यस माध्यबाट केहि प्रतिशत समाजमा पछी परेको वर्गको उत्थानको लागि समय र आफ्नो कमाइ पनि खर्चिऔ भन्दै युवाहरुलाई सुझाएकी थिईन ।

प्रकाशित : 15 August, 2017

प्रतिक्रिया दिनुहोस्