केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१५ किलो सुनसहित सात जना प्रक्राउ

सहयात्रा टिभी

काठमाडौ । नेपाल अवैध रुपमा सुन तथा लागू औषध भित्र्याउने ट्रान्जिट वनिरहेको छ । विहिवार केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अवैध रुपमा चिनबाट ल्याइएको १५ किलो सुन सहित ७ जनालाई प्रक्राउ गरेको छ । ३३ किलो सुन बरामद घटनाको अनुसन्धान टुंगोमा नपुग्दै प्रहरीले थप १५ किलो सुनसहित सात जनालाई पक्राउ गरेको छ । चीन–तिब्बत हुँदै रसुवाको केरुङ नाकाबाट २२ किलो सुन राजधानी भित्रिएको सूचनाका आधारमा प्रहरीले १५ किलो सुन बरामद गर्न सफल भएको हो । बाँकी सात किलो मध्ये पाँच किलो काठमाडौंकै केही व्यापारी सँग र दुई किलो भारत पुगिसेको दाबी प्रहरीको छ ।

सुन तस्करीमा प्रक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशीका पेम्बा दोर्जे शेर्पा, भक्तपुर सूर्य्विनायकका दीपेन्द्र थापा, राजेन्द्र खत्री, रवीन खत्री, बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम र धनुषा जनकपुरका दीपककुमार साह रहेका छन् । सिन्धुपाल्चोक घर भएका शेर्पा विगत दुई वर्षदेखि सामाखुसीमा डेरा लिएर बस्दै आएका थिए । शेर्पाबाट प्रहरीले ६ सय अमेरिकी डलर र एक हजार एक सय १९ चाइनिज युयान पनि बरामद गरेको छ । यसअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकै भन्सारबाट सुन तस्करले सुन ल्याउने गरेपनि ३४ किलो सुन प्रक्राउ परेपछि अन्य बाटो रोज्न थालेका छन् ।

प्रकाशित : 31 August, 2017

प्रतिक्रिया दिनुहोस्