केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकैपटक २५० भन्दा बढी कर्मचारी सरुवा

सहयात्रा टिभी

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले दुई सय ५० भन्दा बढी कर्मचारी सरुवा गरेको छ । नियमविपरीत कर्मचारी सरुवा गरेको भन्दै आधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन विरोधमा उत्रिएको स्रोतले बताएको छ । वुधवार मध्यरातमा कर्मचारीको सरुवा गरिएपछि तनावग्रस्त बनेको मन्त्रालयमा विहिवार प्रहरीले दिनभर सुरक्षा दिएको थियो । निर्वाचन आयोगले बिहीबारदेखि आचारसंहिता लागू गर्ने घोषणा गरेपछि मन्त्रालयले रातारात कर्मचारी सरुवा गरेको थियो ।

मन्त्रालयले राजपत्रांकिततर्फ ९४ उपसचिव र ३५ अधिकृत गरी एक सय २९ तथा राजपत्रअनंकित (खरिदार, नायवसुब्बा र कार्यालय सहयोगी) गरी झन्डै एक सय ४० कर्मचारी सरुवा गरेको हो । मन्त्रालयले ९४ उपसचिव र ३५ अधिकृत गरी एक सय २९ जनालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा पठाएको छ ।

 

प्रकाशित : 1 September, 2017

प्रतिक्रिया दिनुहोस्