केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकी हवाई आक्रमणमा एकै परिवारका १३ को मृत्यु, १५ घाईते

सहयात्रा टिभी

एजेन्सी । अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई आक्रमणमा परि एकै परिवारका १३ जनाको मृत्यु भएको छ । पूर्वी अफगानिस्तानमा भएको सो घटनामा अन्य १५ जना घाइते भएका छन् । अमेरिकी सेनाको हवाई कारबाही मारिनेमा एकै परिवारका १३ जनामध्येमा प्राय महिला र बालबालिका रहेका एएफपीले जनाएको छ ।

यसअघि अफगान सुरक्षाबलले छुट्टाछुट्टै इलाकामा गरेको हवाई कारबाहीमा १३ सर्वसाधारणको ज्यान गएको घटना सेलाउन नपाउदै यो घटना भएको छ । अफगानिस्तानमा यस वर्षको सुरुदेखि अहिलेसम्म भएका जारी द्वन्द्वमा १ हजार ६ सय ६२ व्यक्तिको मृत्यु भईसकेको छ भने ३ हजार ५ सय भन्दा वढी घाइते भएका छन् ।

प्रकाशित : 1 September, 2017

प्रतिक्रिया दिनुहोस्