देशका धेरै ठाउँमा आज पनि पानी पर्ने
सहयात्रा टिभी
काठमाडौं । मनसुनी न्यूनचापिय रेखा नेपाल नजिकै रहेको तथा पूर्वमा उत्तर–दक्षिण भएर रहेको न्यूनचापिय रेखाको प्रभावले देशका धेरै ठाउँमा शनिवार पानी पर्ने मौसमविदले बताएका छन् । पानी परेसँगै पूर्वको झापाबाट पश्चिममा कञ्चनपुरसम्म चुरेबाट प्रवाह हुने सबै साना नदी तथा महाभारतबाट प्रभाव हुने कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना लगायतमा पानीको सतह बढ्ने बाढी पूर्वानुमान शाखाले अनुमान गरेको छ ।