किन परिवर्तन हुन्छ गर्भावस्थामा निप्पलको रङ यस्तो छ कारण

सहयात्रा टिभी

काठमाडौ । हर्मोनको उतारचढावका कारण गर्भावस्थामा महिलाको शरिरमा विभिन्न परिवर्तन हुन्छन् । यो अवस्थामा महिलाले थुप्रै परिवर्तनको सामना गर्नुपरेको हुन्छ । गर्भावस्थामा स्तनमात्र नभई निप्पलको रङमा समेत परिवर्तन आउँछ । निप्पलको रङ परिवर्तन हुँदा तपाईंले चिन्ता लिनु पर्दैन । गर्भावस्थामा निप्पल कालो हुनु सामान्य कुरा हो ।  मेलेनिन एक प्रकारको पिगमेन्ट हो जसका कारण छालाको रङमा परिवर्तन हुने गर्दछ । मेलेनिनको मात्रा धेरै हुँदा छाला कालो हुन्छ ।

गर्भावस्थाको अन्तिम दिनमा स्तन र निप्पलको आकारमा वृद्धि हुन्छ किनभने यसले आफूलाई स्तनपानका लागि तयार बनाइरहेको हुन्छ । यस्तो अवस्थामा निप्पलमा स–साना दाना जस्तो महसुस गर्न सक्नुहुन्छ किनभने गर्भावस्थामा साना सेब्यासियस ग्ल्यान्ड बढ्न थाल्छ । गर्भावस्थामा जसरी आफसे आफ निप्पलको रंग गाढा हुन्छ, सन्तान जन्मेपछि केही महिनामा नै यसको रङ पनि साधारण हुदै जान्छ ।

प्रकाशित : 3 September, 2017

प्रतिक्रिया दिनुहोस्