फास्ट ट्रयाक निर्माणको काम अघि बढ्न थाल्यो, ४ वर्षभित्र काम सक्ने दाबी
सहयात्रा टिभी
काठमाडौं । विभिन्न विवादमा निर्माणमा ढिलाई भईरहेको काठमाडौं–तराई (निजगढ) द्रुतमार्गको काम अव भने अघि बढेको छ । नेपाली सेनालाई सो जिम्मा दिएपछि सेनाले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर काम अघि बढाएको छ । गत वैशाख २१ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले द्रुतमार्ग बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको द्रुतमार्गको लागि नेपाली सेनाले अहिले फास्टट्रयाकको विस्तृत अध्ययन प्रतिवेदन डिपिआरको खोजी-अध्ययन, आवश्यक उपकरणको खोजीरठेक्काको काम अघि बढेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनालाई सरकारले ४ वर्षभित्रमा द्रुतमार्गको काम सक्नेगरि जिम्मा दिएको छ ।