केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कञ्‍चनपुरमा क्यासिनोवाट फर्किदै गर्दा भारतीय नागरिकमाथी गोली प्रहार, दुई घाईते

सहयात्रा टिभी

महेन्द्रनगर । कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चल्दा दुई भारतीय नागरिक घाइते भएका छन् । गोली लागेर भारतको बनवासस्थित शारदा ब्यारेज अन्तर्गत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन् । महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने नेपाली कञ्चनपुरकै भुजेलाका २१ वर्षीय विक्रम नाथ र १८ वर्षीय करण भण्डारी रहेको प्रहरीले उनिहरुलाई पक्राउ गरेको छ । उनीहरुको साथवाट बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ । भारतीय नागरिक क्यासिनो खेलेर फर्किरहेका हुनाले उनीहरुसँग भएको रकम लुट्नका लागि गोली प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्रकाशित : 8 September, 2017

प्रतिक्रिया दिनुहोस्