केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इलामको खेलमैदानलाई अन्तर्रा्ष्ट्रिय मापदण्डको बनाईंदै

सहयात्रा टिभी

इलाम । इलाम नगरपालिकाको खेलमैदानलाई अन्तर्रा्ष्ट्रिय मापदण्डको रुपमा निर्माण गरिने भएको छ । अन्तर्रा्ष्ट्रिय मापदण्डको खेलमैदान बनाउन जिल्लामा रहेको टुँडिखेल मर्मत गर्न दुबो रोप्ने कामलाई निरन्तरता दिइएको माइभ्याली गोल्डकप स्पोटिङ्ग क्लबले जनाएको छ ।
इलाममा गएको चैत महिनामा सम्पन्न माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताबाट ८२ लाख ७६ हजार १०७ रुपैयाँ आम्दानी भएको थियो । सोहि रकमबाट अहिले ढल कटाउने, पर्खाल लगाउने र दुबो रोप्ने काम भइरहेको माइभ्याली गोल्डकप स्पोर्टिङ्ग क्लबले जनाएको छ ।

प्रकाशित : 9 September, 2017

प्रतिक्रिया दिनुहोस्