केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफूले दायर गरेको रिट सर्वोच्चले खारेज गरेलगत्तै प्रहरी नायव महानिरीक्षक सिलवालले दिए राजीनामा (पत्रसहित)

सहयात्रा टिभी

काठमाडौं । प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले राजीनामा दिएका छन् । सिलवालले सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै प्रहरीको सेवाबाट राजीनामा दिएका हुन् । आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुनुपर्ने दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएपछि सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका हुन् ।

उनको ३० बर्षे कार्यकाल पूरा गर्न केही महिना मात्र बाँकी थियो । प्रहरी महानिरीक्षकको बढुवा र त्यसमा असन्तुष्टी जनाउँदै सर्वोच्चमा रिट दायर गरेपछि प्रहरी नायव महानिरीक्षक सिलवाल बिदामा बस्दै आएका थिए ।

प्रकाशित : 12 September, 2017

प्रतिक्रिया दिनुहोस्