नारायणगढ-मुग्लिन सडक पार गर्न कम्तीमा आठ घन्टा
सहयात्रा टिभी
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। पानी परेपछि चट्टानसहितको पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । नारायणगढबाट मुग्लिन ३६ किलोमिटर सडक पार गर्न मंगलबार कम्तीमा आठ घन्टा लागेको यात्रुले बताएका छन् । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ ।