गर्भधारण सम्बन्धि तथ्यहरु

सहयात्रा टिभी

१। हरेकवर्ष अमेरिकामा ६० लाख महिला गर्भवती हुन्छन् । यसको अर्थ अमेरिकामा हरेकवर्ष ४ प्रतिशत महिला गर्भवती भइरहेका हुन्छन् ।

२। गर्भधारणमध्ये २० प्रतिशत गर्भपतन हुनेगर्छ । गर्भपतन भएका धेरै महिलालाई त आफू गर्भवती भएकै थाहा हुँदैंन ।

३। गर्भवतीमध्ये ३ प्रतिशतले जुम्ल्याहालाई जन्म दिन्छन् । सबैभन्दा बढी जुम्ल्याहा जन्मने देश नाइजेरिया हो ।

४। अमेरिकामा ५ लाख शिशुहरु किशोरी आमाबाट जन्मने गर्छन् ।

५। प्रसूतिपछि १३ प्रतिशत आमाहरु डिप्रेसनबाट पीडित हुन्छन् ।

६। अमेरिकामा जन्मने बच्चाको सरदर तौल ८ पाउण्ड हुन्छ, ३० वर्षअघि ६ पाउण्डका बच्चा जन्मने गर्थे ।

७। अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी तौल भएको बच्चा सन् १८७९ मा जन्मिएको थियो । २३ पाउण्डको उक्त बच्चा ११ घण्टापछि मरेको थियो । अहिलेसम्म जीवित धेरै तौलको बच्चा भने इण्डोनेशियाको सुमात्रामा सन् २००९ मा जन्मिएको थियो । उक्त बालकको तौल १९।२ पाउण्डको थियो ।

८। १ प्रतिशतभन्दा कम अमेरिकी महिलामात्र घरमा सुत्केरी हुन रुचाउछन्, जबकी ३० प्रतिशत डच महिलाहरु घरमा सुत्केरी हुन मन पराउछन्।

९। अमेरिकामा तीनमध्ये एउटा शिशु सिजेरियन विधि ९शल्यक्रिया० बाट जन्मिएका हुन्छन्, सन् १९९६ यता शल्यक्रियाबाट जन्मिएका शिशुको संख्या ४६ प्रतिशत छ ।

१०। विश्वप्रसिद्ध टाइम पत्रिकाका अनुसार अहिलेसम्मकै सबैभन्दा लामो गर्भधारण ३७५ दिनको भएको पाइएको छ सामान्यतः गर्भधारण २८० दिनको हुन्छ । उक्त शिशु ६ पाउण्ड १२ औंन्स थियो।

११। एकैपटकको गर्भधारणमा सबैभन्दा धेरै बच्चा जन्माउने रेकर्ड अमेरिकाको क्यालिफोर्नियाकी नाड्या सुलेमानको नाममा छ । उनले आइभिएफ प्रविधिबाट सन् २००९ को जनवरीमा ८ बच्चा जन्माएकी थिइन् । तिनीहरुमा ६ छोरा र २ छोरी थिए।

१२। १० प्रतिशत बालबालिकाहरु चिकित्सकले दिएकै समयमा जन्मन्छन्, ५० प्रतिशत दिइएको मितिबाट एक हप्तासम्ममा र ९० प्रतिशत दिइएको मितिबाट २ हप्तासम्ममा जन्मन्छन्।

१३। गर्भवती महिलाको स्वस्थ तौल छ भने दैनिक थप ३ सय किलो क्यालोरी पाउने खाना खानुपर्छ।

१४। थप भिटामिन सेवन र हर्मोनको परिवर्तनका कारण गर्भधारणको समयमा धेरै महिलाले कपाल बाक्लो र चमकदार भएको अनुभव गर्छन्।

१५। ७० प्रतिशत गर्भवती महिलाले पहिलो त्रैमासिकमा बिहानको समयमा बिसञ्चो भएको महसुस गर्छन्। स्वास्थ्यखबर पत्रिकाबाट

प्रकाशित : 13 September, 2017

प्रतिक्रिया दिनुहोस्