नेपाल-भारत सीमा नाका शुक्रबार राति १२ बजेदेखि असोज २ गते राति १२ बजे सम्मका लागि बन्द
सहयात्रा टिभी
वीरगन्ज । स्थानीय तहको असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको निर्वाचनको सुरक्षाका लागि भारतसंग सीमा जोडिएका पर्साका सबै नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । भारतसँग सीमा जोडिएका पर्साका सबै नाकाहरु शुक्रबार राति १२ बजेदेखि असोज २ गते राति १२ बजे सम्मका लागि बन्द गरिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलले जानकारी दिए ।
सोमबारको निर्वाचन सुरक्षाका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले भारतसंग सिमा जोडिएको १०७ किलोमिटर सीमा क्षेत्र बन्द गरेको हो । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज भन्सार कार्यालय अगाडीको ढाट सुरक्षाकर्मीले खसाएर ताल्चा लगाइदिएका छन् । सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साइकल, मोटरसाइकल, रिक्सा, ट्याम्पु लगायतका सबै खाले सवारी साधन आवजावतमा रोक लगाएका छन् ।