केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपाका वडा अध्यक्ष उम्मेदवारको निधन

सहयात्रा टिभी

राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको शनिबार बेलुका निधन भएको छ । साबिकको देउरी भरुवा गाविस, अहिल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको घरमै निधन भएको राजपा नेपालका महासचिव मनिष कुमार सुमनले जानकारी दिनुभयो ।
यही असोज २ गते सोमबार प्रदेश नम्बर २ अन्तर्गत सप्तरीमा हुने स्थानीय तह निर्वाचनका लागि उहाँले राजविराज नगरपालिका–१५ बाट राजपा नेपालका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो । २०५४ सालमा साविकको देउरीभरुवा गाविसमा नेकपा (एमाले)को तर्फबाट उहाँ वडा अध्यक्ष निर्वा्चित हुनुभएको थियो । रासस

प्रकाशित : 17 September, 2017

प्रतिक्रिया दिनुहोस्