केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेक्सिकोमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प जांदा २ सय भन्दा बढीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । मेक्सिकोमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तिमा १ सय ३० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा घाईते भएका छन् । त्यस्तै, राजधानीभित्रै दजनौं घरहरु भत्किएका छन् भने भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।

मेक्सिकोमा ३२ वर्षअघि यस्तै विनाशकारी भूकम्प गएको थियो, जसमा १० हजार मानिसले ज्यान गुमाएका थिए । यसै महिना मात्रै ८.१ रेक्टर स्केलको भूकम्प जाँदा ९० जनाको मृत्यु भएको थियो ।

अहिले खोजी तथा उद्दार कार्य जारी छ । भूकम्पका कारण मेक्सिको सिटीको एयरपोर्ट समेत बन्द गरिएको थियो भने शहरको सबै घर खाली गरिएको थियो ।

प्रकाशित : 20 September, 2017

प्रतिक्रिया दिनुहोस्