केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संस्थाको हित अनुकुल काम नगरेकाले साझाका महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मा बर्खास्त

सहयात्रा टिभी

काठमाडौं । सरकारले साझा प्रकाशनका महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मालाई बर्खास्त गरेको छ । शिक्षा मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णयबाट शर्मालाई संस्थाको हित अनुकुल काम नगरेकाले बर्खास्त गरेको हो ।

शर्माको साझा प्रकाशनको सञ्चालक समितिको सदस्यता अन्त्य गरी अध्यक्ष र महाप्रवन्धकबाट पदमुक्त गरिएको मन्त्रालयको निर्णय छ । बर्खास्त गर्नुअघि शर्मालाई दुई पटक सम्म स्पष्टीकरण सोधिएको थियो । चित्त वुझ्दो स्पष्टिकरण नआएका कारण शर्मालाई वर्खास्त गरिएको बताईएको छ । शर्मालाई तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले २०७१ सालमा साझाको महाप्रवन्धक नियुक्त गरेकी थिइन् । साझामा अनियमितता भएको खबरहरु आएपछि सञ्चालक समितिका सदस्यहरु दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा. डा. कृष्णहरी बरालले यही असोज २ गते नै राजीनामा दिएका थिए ।

प्रकाशित : 24 September, 2017

प्रतिक्रिया दिनुहोस्