केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डाक्टरको आन्दोलन जारी, देशभरका अस्पतालको ओपिडी सेवा पाचौं दिन पनि बन्द

सहयात्रा टिभी

काठमाडौं । डाक्टरहरुको आन्दोलनका कारण आज पाँचौं दिन पनि देशभरका अस्पतालका ओपिडी सेवा बन्द छन् । मन्त्रीपरिषदको सोमबारको आकस्मिक बैठकले डाक्टरका माग पूरा गर्न सरकार सकारात्मक रहेको र हालको आन्दोलन फिर्ता लिन आग्रह गरे पनि नेपाल चिकित्सक संघले त्यसलाई ठाडै अस्वीकार गरि आन्दोलन जारी रहेको जनाएको छ ।
संघले देशभरिका अस्पतालमा आपतकालिन कक्षबाहेकका सवै सेवा बन्द गर्न निर्देशन दिएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले माग पूरा नभएसम्म कुनै पनि हालतमा डाक्टर काममा नफर्कने बताएका छन् ।

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको बैठकबाट बिहीबार १२ गते फर्किएपछि मात्रै वार्ता हुने र सहमति भएमा ओपिडी सेवा खुल्ने संघले जनाएको छ । डाक्टरको आन्दोलनका कारण उपचारका लागि अस्पतालमा पुगेका विरामी उपचार नै नगराइकन फर्किन बाध्य भएका छन् ।

डाक्टरहरुको लापरवाहीले बिरामीको ज्यान जाने घटना बढ्को भन्दै सरकारले जुन डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको हो उसैबाट क्षतिपूर्ति भराउनेगरी विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि डाक्टरहरुले सो विधेयकको विरुद्धमा आन्दोलन गरेका हुन् ।

प्रकाशित : 26 September, 2017

प्रतिक्रिया दिनुहोस्