केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति भण्डारीद्धारा शक्तिपीठमा पूजा अर्चना

सहयात्रा टिभी

काठमाडौं । वडादसैँको आज आठौं दिन, महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उपत्यकाका शक्तिपीठहरुको दर्शन र पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्श्वेरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा, नरदेवी, इन्द्रयणी र शोभाभगवतीमा पूजाआजा एवं दर्शन गर्नुभयो । मन्दिरका पुजारीबाट राष्ट्रपति भण्डारीले फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।

नवदुर्गाको विशेष पूजा गरी आश्विन शुक्ल अष्टमीका दिन शक्तिपीठमा दर्शन गरे वर्षभरिका लागि आध्यात्मिक शक्ति प्राप्त हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित : 28 September, 2017

प्रतिक्रिया दिनुहोस्