केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टीकाको तेस्रो दिन, दसैँको टीका जमरा ग्रहण गरि मनाईदै

सहयात्रा टिभी

काठमाडौं । बडादशैको १२ औ दिन अर्थात टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका जमरा ग्रहण गर्नेे गरिन्छ । टाढा टाढा भएका र टीकाको दिन जान नभ्याउनेहरु आज टीका जमरा लगाई आशिर्वाद लिन मान्यजनकोमा पुग्ने गर्छन् ।
यो परम्परा दसैँको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्मनै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ ।
पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ । मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रुपमा टीका, जमरा थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायुको आशीर्वाद स्वरुप दशैको टीका जमरा ग्रहण गर्ने परम्परा रहेको छ ।

प्रकाशित : 2 October, 2017

प्रतिक्रिया दिनुहोस्