केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले–माओवादीको चुनावी तालमेलको औपचारिक घोषणा हुने, एकतापछि सरकारको नेतृत्व आलोपालो गर्ने

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार बेलुका संयुक्त पत्रकार सम्मेलन गरि आफूहरुविचमा चुनावी तालमेल भएको औपचारिक घोषणा गर्ने भएका छन् । दुई पार्टी्बिच हुने सात बुँदे सहमति हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । एमाले र माओवादीबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमति भएको छ । जसअनुसार प्रत्यक्षतर्फ एमालेले ६० र माओवादीले ४० प्रतिशत उम्मेदवार उठाउनेछन् ।

चुनाव चिन्हबारे सहमति हुन बाँकी छ । दुई पार्टी्बिच आउँदो मंसिरमा हुने संघ र प्रदेशको चुनावमा कार्यगत एकता गर्दै पार्टी एकीकरण गर्ने सहमति भएको छ । एकतापछि पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको स्रोतले वताएको छ । साथै चुनाव लगतै पार्टी एकता गर्ने सहमति पनि भएको छ । यसका लागि पार्टी एकता संयोजन समितिको घोषणा आजै हुनेछ ।

प्रकाशित : 3 October, 2017

प्रतिक्रिया दिनुहोस्